सूचना
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बाट संचालित तालिम सूचना ब्यबस्थापन प्रणाली
Training Information Management System (TIMS) सम्बन्धि जानकारी |

१. TIMS खोल्नको लागि Browser को Address मा गई tims.nhtc.gov.np वा nhtc.gov.np मा गई Training Information Management System मा Click गर्ने |

२. हाल सम्म तालिम प्रणाली राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र वा प्रदेशी स्वास्थ्य तालिम केन्द्र बाट कुनै पनि तालिम नलिएका नयाँ सहभागीले आफ्नो व्यक्तिगत विवरण भर्नको लागि “Register Participant” मा Click गर्नु पर्छ | त्यस पश्चात विवरण फारम खुल्ने छ | सहभागीले आफ्नो सम्पूर्ण विवरण सहित फोटो, काउन्सिल दर्ताको फोटो, नागरिकताको फोटो र राष्ट्रिय परिचयपत्रको फोटो Upload गरि SAVE गर्नु पर्ने छ | Save गरे लगतै एउटा कोड नम्बर Participant Identification Number (PID) (NH-XX-XXXXX) आउने छ | त्यो PID नम्बर सुरक्षित राख्नु होला |

३. सहभागीले आफ्नो तालिमको विवरण हेर्न “Participant Login” मा Click गर्ने | त्यसपछि आफुले प्राप्त गरेको PID नम्बर Registration No: मा लेख्नु पर्ने छ र Password मा आफ्नो जन्म मिति (YYYY-MM-DD) लेखि Login मा Click गर्ने |

४. तालिममा आउँदा सहभागीले व्यक्तिगत विवरण भएको "Training Report" लिई आउनु पर्ने छ र तालिमको Coordinator लाई बुझाउने पर्ने छ |

५. TIMS सम्बन्धि केहि समस्या भएमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको प्रत्यान तथा नियमन शाखामा सम्पर्क गर्न सकिनेछ |

Cinque Terre

Government of Nepal
Ministry of Health & Population
National Health Training Center
Teku, Kathmandu



Processing, please wait . . .